जेनजी आन्दोलनमा हिरासतबाट भागेका मानव बेचबिखन मुद्दाका थुनुवा पक्राउ
बुधबार, ०२ पुस २०८२, १२ : ४८
सारांश
- भदौ २४ मा प्रहरी हिरासतबाट भागेका एक थुनुवा भक्तपुरबाट पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा मानव बेचबिखन आरोप लागेका सबिन पन्त छन्।
- पन्तलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइयो।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा भदौ २४ मा प्रहरीको हिरासतबाट भागेका एक जना थुनुवालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–११ पात्लेखेत घर भएर भक्तपुर बस्ने सबिन पन्त छन् ।
२८ वर्षीय पन्तलाई चाँगुनारायण नगरपालिका–३ स्थित भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी बुधवार बिहान पक्राउ परेका हुन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई काठमाडौँ प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । उनीमाथि मानव अङ्ग मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोप छ ।
भदौ २४ मा उनी हिरासतबाट भागेका थिए । भक्तपुर प्रहरीले उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण