अपडेट
मधेस प्रदेशमा सभामुख चयन प्रक्रिया अघि बढ्यो, ६ गते निर्वाचन
बुधबार, ०२ पुस २०८२, १५ : ०३
सारांश
- मधेस प्रदेशमा लामो समयदेखि रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ।
- सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ।
- नेकपा एमालेको महाधिवेशनका कारण स्थगित भएको सभामुख चयन प्रक्रिया अब पुस ६ गते सुरु हुनेछ।
जनकपुरधाम । मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । पुस ६ गते बस्ने प्रदेशसभा बैठकमार्फत निर्वाचन प्रक्रियाबाट सभामुख चयन गरिने उपसभामुख बबिता राउतले जानकारी दिएकी छन् ।
उनका अनुसार सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी प्रक्रिया सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइएको छ ।
यसअघि बुधबार नै सभामुख चयन प्रक्रिया अघि बढाइने भनिए पनि नेकपा (एमाले) को ११ औँ महाधिवेशनका कारण प्रक्रिया स्थगित गरिएको थियो । एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त रहेकाले सभामुख चयन प्रक्रिया केही समयका लागि पछाडि धकेलिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अब पुस ६ गतेको बैठकबाट मधेस प्रदेशसभाले नयाँ सभामुख पाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण