जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की
सारांश
- सरकारले जेन-जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ।
- आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले म्याद थपका लागि प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।
- आयोगको म्याद पुस ९ गते सकिँदैछ, जसले गर्दा थप समय आवश्यक परेको छ।
काठमाडौँ । सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आयोगका पदाधिकारीसँगको भेटमा म्याद थप गर्ने आश्वासन दिएकी हुन्।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटी निर्धारित समयमा काम नसकिएको भन्दै म्याद थपका लागि आग्रह गरेको थियो। अध्यक्ष कार्कीका अनुसार प्रधानमन्त्रीले म्याद थपको प्रस्ताव पठाउन निर्देशन दिँदै समय थपिदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
आयोगको म्याद यही पुस ९ गते सकिँदैछ। कार्यादेशअनुसारका बाँकी काम पूरा गर्न थप समय आवश्यक परेको अध्यक्ष कार्कीले बताए। उनले काममा ढिलाइ हुनुको कारण खुलाउँदै भने, ‘दुई हप्ताभन्दा बढी त बिदा नै भयो, प्रहरीले पनि एक महिनासम्म सूची पठाएन। त्यसैले काम गर्न ढिलाइ भयो र एक महिना थप माग गरेका हौँ।’
प्रधानमन्त्रीसँगको छलफलपछि अब आयोगले औपचारिक प्रस्ताव पठाउने र सरकारले म्याद थपको निर्णय गर्ने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण