एमाले महाधिवेशन : मतदानमा किन भइरहेको छ ढिलाइ ?
सारांश
- नेकपा एमालेको महाधिवेशनमा मतदान प्रक्रियामा ढिलाइ भएको छ, प्राविधिक समस्याका कारण समय परिवर्तन गरियो।
- निर्वाचन आयोगका अनुसार मतदाता सूची हेरेर मतदान गर्दा समय लागेको र उम्मेदवार धेरै भएकाले ढिलाइ भएको हो।
- मतदान सकिएपछि ४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने आयोगको भनाइ छ।
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
त्यसका लागि मंगलबार दिउँसो १ बजे नै मतदान हुने कार्यतालिका थियो । तर प्राविधिक समस्या देखाउँदै आज बिहान ८ बजेका लागि मतदान समय तोकियो । आज पनि मतदानमा ढिलाइ भइरहेको छ ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाेखरेल मैदानमा उत्रिएका छन् । २ हजार २ सय २३ मतदातामध्ये अहिलेसम्म सात सय भन्दा बढीले विद्युतीय मतपेटीका मत खसालेका छन् ।
मतदानमा ढिलाइबारे के भन्छ आयाेग ?
केन्द्रीय निर्वाचन आयोगका अनुसार स्टिमेसन अहिलेसम्म दाेब्बर मतदान हुन्छ भन्ने थियो । तर, सोचे अनुसार भएन एकदमै स्लो भयो । यसको कारण चाहिँ नेम लिस्ट अर्थात् चिट लिएर आउँदा र भोट हाल्दा समय लागेकाे हाे । लिस्ट हेरेर भोट हाल्दा समय लाग्ने भएकाले मतदानमा ढिलाइ भइरहेकाे हाे ।
निर्वाचन आयाेगका अनुसार सुरुमा २५१ मा केन्द्रीय समिति थियो । तयारी त्यसैअनुसार गरिकाे थियाे । अहिले केन्द्रीय समिति ३०१ छ । चिट हेरेर मत हाल्दा एकदमै स्लो भएकाे छ । उम्मेदवार धेरै भएकाे बताउँदै यसरी नै जाने हो भने भोलि ३, ४ बज्ने स्थिति देखिन्छ ।
यद्यपि मतदान सकिएको ४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण