निर्वाचनस्थलबाट ईश्वर पोखरेल भन्छन्– प्रतिस्पर्धालाई अन्यथा नलिऔँ
काठमाडौँ । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आए पनि स्वीकार्य हुने स्पष्ट पारेका छन् ।
बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पोखरेलले पार्टीभित्र प्रतिस्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएकाले यसलाई अन्यथा लिन नहुने बताए ।
पार्टीभित्र हुने प्रतिस्पर्धाले पार्टीलाई थप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले भने, ‘पार्टीभित्र प्रतिस्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो । त्यसकारण यसलाई के के न होला भनेर सोच्नु हुँदैन, अरु पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो ।'
एमालेले प्रतिस्पर्धाको अभ्यास गर्दा यसलाई राम्रो भन्नुपर्ने उनको भनाइ थियो । 'प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ, हामी स्विकार्छौँ,’ उनले भने । महाधिवेशन प्रतिनिधिहरूले स्वविवेक प्रयोग गर्ने भन्दै उनीहरूको मतको कदर गर्दै अगाढि बढ्नुपर्नेमा पोखरेलले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण