एमाले महाधिवेशन अपडेट
एमाले निर्वाचन: मतदान केन्द्रमा प्रवेश गर्ने समय बिहान ५ बजेसम्म थपियो
बिहीबार, ०३ पुस २०८२, ०४ : २२
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान केन्द्रमा मतदाता प्रवेश गर्ने समय बढाइयो।
- निर्वाचन आयोगका अनुसार, बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ मत खसेको छ।
- अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा मतदाता प्रवेश गर्ने समय बढाइएको छ ।
यसअघि ४ बजेसम्म तोकिएको समयलाई बढाएर बिहान ५ बजे पुर्याइएको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिएका हुन् ।
उपाध्यक्ष पोखरेलका अनुसार २ हजार २ सय ६३ जना मतदाता रहेको निर्वाचनमा बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ सय मत खसेको छ । बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान बिहान ६ बजेसम्म सक्ने अनुमान गरिएको उनले बताए ।
निर्वाचनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण