अपडेट
एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा, ८० जना भोटिङ मेसिनमा, १० जना बाँकी
बिहीबार, ०३ पुस २०८२, ०६ : २६
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान अन्तिम चरणमा पुगेको छ।
- बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा २ हजार २२७ जनाले टोकन लिएका थिए।
- अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी छ।
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा सहभागी हुन २ हजार २२७ जनाले टोकन लिएका थिए ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको छ ।
३६ जना प्रतिनिधि भने टोकन नै लिएका छैनन् । मतदानका लागि २ हजार २६३ जना प्रतिनिधि चयन भएका थिए। टोकन लिने २ हजार २२७ जना रहेकोले यति नै मत खस्ने सम्भावना रहेको पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण