बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मतदान सकियो, कस्तो आउला मतपरिणाम ?  [Live Updates]
एमाले महाधिवेशन

LIVE UPDATES : मतदान सकियो, कस्तो आउला मतपरिणाम ? [Live Updates]

बिहीबार, ०३ पुस २०८२, ०७ : ४०
Live

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान  सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ । 

मतगणना विहान १० बजेपछि सुरु हुने बताइएको छ । मतगणना सुरु भएको ३ देखि ४ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक हुने पार्टीको निर्वाचन आयोगले जनाएको छ । 

एमाले महाधिवेशन : मतगणना प्रारम्भ, परिणाम आउन ३ घण्टा लाग्ने

काठमाडाैँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भएको मतदानको गणना प्रारम्भ भएको छ । तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना सुरु भएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । 

निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका  थिए । 

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको थियो।  

एमाले महाधिवेशन : सबै पदको परिणाम एकैसाथ आउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको मतपरिणाम एकैसाथ आउने भएको छ । सबै उम्मेदवारको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । 

विद्युतीय मेसिनबाट चिप निकाल्ने क्रम अन्तिम चरणमा पुगेकोले केही समयपछि मतगणना सुरु हुने उनले बताए । 

नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए ।   ३६ जना भने मतदानमा अनुपस्थित भए । 

एमाले महाधिवेशन : मतगणनाको लागि निर्वाचन समितिको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने क्रम चलिरहेको छ । हालसम्म १७ वटाको चिप निकालिसकिएको प्राविधिक राम रिमालले जानकारी दिए । 

१७ वटाको चिप निकालियो । अबको १०–१५ मिनेटमा सबै चिप निकालिसक्छौं ।  उनले भने । 

चिप निकाल्ने काम सकिएपछि  निर्वाचन समितिको बैठक बस्नेछ । तत्पश्चात् मतगणना सुरु हुने बताइएको छ ।

विधान संशोधनप्रति असन्तुष्टि, भोट हाल्नै गएनन् मुकुन्द न्यौपाने

काठमाडौँ । नेकपा एमालेका नेता मुकुन्द न्यौपाने नेतृत्व चयनका लागि भएको मतदानमा अनुपस्थित भएका छन् । उनले हालै भएको विधान संशोधनको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय महाधिवेशनमा भोट हाल्न नगएका हुन् । 

'तीन महिनामै विधान संशोधन भएकोमा मेरो असन्तुष्टि हो' उनले भने । एकीकृत समाजवादीबाट एमाले फर्किएपछि उनलाई समेट्न एमालेले ७० वर्षे उमेरहद हटाउने निर्णय गरेको थियो । 

यता केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका राजेन्द्र अर्याल समेत मतदान प्रक्रियामा सहभागी भएनन् । उनी के कति कारणले मतदानमा सहभागी भएनन् भन्नेबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

प्रचार सामग्रीले अस्तव्यस्त बनेको प्रदर्शनीमार्ग (तस्बिरहरू)

काठमाडौँ ।  नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। 

भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थानमा उम्मेदवारका पर्चा, पम्पलेट र ब्यानर छरपस्ट छन्। 

uml mahadivasion prachar (2)

सुशील प्याकुरेलले मतदान गर्न पाएनन्

काठमाडौँ । नेकपा एमालेका महाधिवेशन प्रतिनिधि सुशील प्याकुरेलले नेतृत्व चयनका लागि मत हाल्न पाएनन् । भोटिङ कार्ड हराएपछि उनी मतदानबाट वञ्चित भएका हुन् ।

स्क्यानिङ गरेर मत हाल्ने व्यवस्था मिलाइदिन उनले अन्तिम समयसम्म आग्रह गरेका थिए । तर निर्वाचन आयोगले सबैलाई एउटै व्यवस्था गर्नुपर्ने भन्दै मतदानको लागि रोक लगाएको हो । 

सो क्रममा केही समय वादविवाद समेत भएको थियो । अन्तिममा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलका प्रतिनिधिले आग्रह गरेपछि उनी मत हाल्न पाउनुपर्ने अडानबाट पछि हटेका थिए । 

गणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक गरिने

काठमाडौँ । नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सम्पन्न भएसङ्गै मुचुल्का उठाउने काम सुरु भएको छ ।

मतगणना सुरु भएको तीन घण्टामा सम्पुर्ण मतपरिणाम आईसक्ने जानकारी निर्वाचन आयोगले दिएको छ । 

कुल मतदाता २ हजार २६३  रहेकोमा २ हजार २२७ मत खसेको थियो । ३६ जना मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।  

मतगणना सुरु हुन १० बज्छ : उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न बिहानको १० बज्ने भएको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले सम्पूर्ण तयारी सकेर मतगणना सुरु गर्न १० बज्ने जानकारी दिए । 

मतगणनामा ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ । 

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

यी हुन् एमालेको नेतृत्व चयनमा अनुपस्थित ३६ प्रतिनिधि

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।  जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको हो । 

बुधबार बिहान ७ बजे सम्पन्न भएको मतदानमा ९८.०४ प्रतिशत मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । 

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज  बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए । 

एमालेको महाधिवेशन: २२ घण्टापछि सकियो मतदान, २ हजार २ सय २७ मत खस्यो

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् । 

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए । 

1-yogesh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया