एमाले महाधिवेशन
मतगणना सुरु हुन १० बज्छ : उपाध्यक्ष पोखरेल
बिहीबार, ०३ पुस २०८२, ०७ : ३३
सारांश
- नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना बिहान १० बजे सुरु हुनेछ।
- मतगणनामा ३ देखि ४ घण्टा समय लाग्ने अनुमान गरिएको छ, जसमा २२२७ मत खसेको छ।
- अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिवमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धा गर्दैछन्।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न बिहानको १० बज्ने भएको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले सम्पूर्ण तयारी सकेर मतगणना सुरु गर्न १० बज्ने जानकारी दिए ।
मतगणनामा ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण