विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौँसहित १० जिल्लाबाट लागु औषध कारोबारमा संलग्न १९ जनालाई पक्राउ गरेको छ।
- काठमाडौंको ठमेलबाट २६३ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् भने जमलबाट गाँजासहित एक जना पक्राउ परेका छन्।
- विभिन्न जिल्लाबाट खैरो हेरोइन, गाँजा र ट्रामाडोलसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्।
काठमाडौं । प्रहरीले काठमाडौँसहित विभिन्न १० जिल्लाबाट १९ जनालाई लागु औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलबाट २ सय ६३ ग्राम खैरो हेरोइन सहित बिराटनगर घर भएका ३९ वर्षीय रन्जोक उप्रेतीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । काठमाडौँको जमलबाट गाँजा सहित डडेलधुराका २३ वर्षीय सुशान्त धानुक पक्राउ परेका छन् ।
मोरङबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम सहित २४ वर्षीय धिरज न्यौपाने पक्राउ गरेका छन् । चितवनबाट ५ ग्राम ५० मिलिग्राम खैरो हेरोइन सहित भरतपुर घर भएका ३४ वर्षीय सुजन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । झापाको कन्काईबाट गोपाल राजवंशी र दमक नगरपालिकाबाट वीर बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुँबाट ट्रामाडोल सहित १९ वर्षीय लक्ष्मण बिक पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्रबाट २९ वर्षीय विशाल राई र धरानबाट १९ वर्षीय समिर राई पक्राउ गरेका छन् ।
पाल्पाको रम्भा गाउँपालिबाट जयदेव बिक र अजित परियार पक्राउ परेका छन् । मकवानपुरबाट निसान प्रजा र सागर प्रजान पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगर गाउँपालिबाट १९ वर्षीय अभिसन क्षेत्री, १९ वर्षीय रोहित कुमाल, प्रज्वल गुरुङ र २० वर्षीय सुदिप पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पश्चिमबाट रम्भादेवी थारु र ललिता चौधरी पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण