एमाले महासचिवमा दोहोरिएका शंकर
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार भृकुटीमण्डपमा सम्पन्न महाविधेशनबाट पोखरेल महासचिवमा विजयी भएका हुन् । पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे ।
नवनिर्वाचित पोखरेल नेपालको वामपन्थी आन्दोलनमा बौद्धिक र स्थापित नेता मानिन्छन् । वामपन्थी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक, राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता अब्बल मान्ने गरिन्छ ।
२०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानको रुपमा जन्मिएका थिए । २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा नेतृत्वयदायी भूमिका खेले । भारतमा पढ्दा उनले प्रवासी नेपाली विद्यार्थीहरूको नेताको रुपमा उनी स्थापित भएका थिए । २०४० सालमा उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक अध्यक्ष बनेका थिए । दिवंगत पूर्वमहासचिव मदन भण्डारीसँग निकट रहेर काम गरेका पोखरेलले २०४५ सालमा काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु सभापति बने । २०४७ सालमा एमालेको भ्रातृ संस्था अनेरास्ववियुको अध्यक्ष भए ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन पूरा गरेका पोखरेल भू्–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मानिन्छन् । उनले पार्टी स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरे । पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरू प्रकाशित छन् । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख भएका थिए ।

पोखरेल छैटौँ र सातौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । २०६५ साल बुटवलमा भएको महाधिवेशनमा पोखरेल केन्द्रीय सचिवमा निर्वाचित भए । त्यतिबेला पार्टी जीवनको लोकतान्त्रीकरण सम्बन्धमा प्रस्तुत गरेको पूरक प्रस्तावलाई सर्वसम्मत रुपमा पारित भएको थियो ।
२०७१ सालमा भएको नवौँ महाधिवेशनमा उनी स्थायी समिति सदस्य बने । २०७८ सालमा भएको १०औँ महाधिवेशनमा सर्वसम्मत महासचिव बने । वामपन्थी राजनीतिमा सक्रिय भएसँगै उनी संस्थापनपक्ष निकट भएर काम गरे ।
संसदीय यात्रा
२०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट उनी पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यतिबेला उनी ३२ वर्षका थिए । २०५६ सालमा उनी सोही क्षेत्रबाट पराजित भए । २०६४ सालमा उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बने । २०६६ सालमा तत्कालीन माधव नेपाल नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री बन्ने अवसर पाए ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा दाङको साविक क्षेत्रबाट नै प्रत्यक्ष निर्वाचनमा भाग लिए तर विजयी हुन सकेनन् । २०७४ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच गठबन्धन हुँदा उनी प्रदेशसभा क्षेत्र नम्बर २ सदस्य निर्वाचनमा भाग लिए ।
२०७४ सालमा उनी ४० महिना मुख्यमन्त्री बने । २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी दाङ–२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भए । पटक–पटक जेल जीवन बिताएका पोखरेलले एमाले नेतृ सुजिता शाक्यसँग विवाह गरेका थिए । उनका दुई छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण