समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न आजपाद्वारा कार्यदल गठन
सारांश
- प्रभु साहको नेतृत्वमा रहेको आजपाले २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ।
- कार्यदलको नेतृत्व तिलक थापामगरले गर्नेछन्, जसमा उमेश कुशवाहा र रन्जु साह सदस्य रहेका छन्।
- कार्यदलले पार्टीको विधान, नीति र योगदानको आधारमा उम्मेदवार छनोट गर्नेछ, जिल्लाबाट उम्मेदवार सिफारिसको निर्देशन पनि दिइएको छ।
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
आजपा सहअध्यक्ष तिलक थापामगरको नेतृत्वमा गठन भएको कार्यदलमा उमेश कुशवाहा र रन्जु साह रहेका छन् । तीन सदस्यीय कार्यदलले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको नामावली छनोटका लागि कार्य गर्ने छ ।
पार्टीको विधान, नीति, विचारलाई पालना गर्दै सक्रिय रहेका, पार्टी निर्माणमा योगदान गरेका, पार्टीद्वारा विगतमा घोषित विभिन्न आन्दोलनमा योगदान गर्ने लगायतका मापदण्ड अनुसार समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने अधिकार कार्यदललाई दिइएको आजपा कार्यालय सचीव रबिन्द्र सिंहले जानकारी दिए ।
यसैगरी आजपाले जिल्ला–जिल्ला, क्षेत्रबाट उम्मेदवारको सिफारिस गर्न समेत निर्देशन दिएको छ । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण