पराजयपछि गोकुल बास्कोटाको प्रतिक्रिया: ‘अब लाए अराएको गर्ने, नलाए सुन्ने र ताली बजाउने’
शुक्रबार, ०४ पुस २०८२, २३ : ०४
सारांश
- एमाले महाधिवेशनमा सचिव पदमा पराजित गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिए।
- उनले हार स्वीकार्दै अब पार्टीका काममा सघाउने र नेतृत्वको कुरा मान्ने बताए।
- बाँस्कोटा ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए, र उनी पनि पराजित भए।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत सचिव पदमा पराजित गोकुल बाँस्कोटाले चुनावी नतिजापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् । ईश्वर पोखरेल पक्षबाट सचिव पदका उम्मेदवार बनेका बाँस्कोटाले पराजित भएसँगै शुक्रबार फेसबुकमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
बाँस्कोटाले आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘भनेकै थिए– जिते चलाउने, हारे सघाउने। खाल हारियो, च्याँखे जितियो। अब लाए अराएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने। तर कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप?’
महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवार बनेका पोखरेल स्वयं सहित बाँस्कोटा पनि पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण