शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकपका लागि भारतीय टोली घोषणाः अक्षर उपकप्तान, शुभमन बाहिर

शनिबार, ०५ पुस २०८२, १५ : ४८
शनिबार, ०५ पुस २०८२

सारांश

  • २०२६ को टी-२० विश्वकपका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ।
  • अक्षर पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने शुभमन गिल टोलीमा परेका छैनन्।
  • मुख्य चयनकर्ताका अनुसार गिलको प्रदर्शन सन्तोषजनक नभएकाले टोलीबाट हटाइएको हो।

मुम्बई । सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

शनिबार मुम्बईस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को मुख्यालयमा आयोजित एक कार्यक्रममा सचिव देवजीत सैकिया, मुख्य चयनकर्ता अजित अगरकर र कप्तान सूर्यकुमार यादवको उपस्थितिमा टोलीको घोषणा गरिएको हो । 

घोषित टोलीमा अलराउन्डर अक्षर पटेललाई उपकप्तानको जिम्मेवारी सुम्पिएको छ । टोलीमा केही अप्रत्याशित फेरबदल गरिएका छन्, जसमा युवा प्रारम्भिक ब्याटर शुभमन गिललाई टोलीबाट बाहिर राखिएको छ । यस्तै सन्जु सामसन, ईशन किशन र रिंकु सिंहले टोलीमा स्थान बनाउन सफल भएका छन् । 

गिल किन बाहिरिए ? 

मुख्य चयनकर्ता अजित अगरकरले शुभमन गिलको हालको प्रदर्शन सन्तोषजनक नरहेको बताएका छन् । 'शुभमन गिलले हाल रन बनाउन सकिरहेका छैनन् र उनी पछिल्लो विश्वकपमा पनि टोलीको हिस्सा थिएनन्,' उनले भने ।

यद्यपि, कप्तान सूर्यकुमार यादवले भने गिललाई हटाउनुको कारण 'खराब फर्म' मात्र नभएको स्पष्ट पारेका छन् । उनले भने, 'गिललाई खराब फर्मका कारण नभई टोलीको सन्तुलन मिलाउन ड्रप गरिएको हो । हामीलाई माथिल्लो क्रममा एक विकेटकिपरको आवश्यकता थियो । उनको क्षमतामा कुनै शंका छैन, उनी एक उत्कृष्ट खेलाडी हुन् । यसका साथै टोलीलाई रिंकु सिंह र वासिङ्टन सुन्दरको पनि आवश्यकता थियो ।' 

भारतीय टोली

सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), अभिषेश शर्मा, तिलक बर्मा, रिंकु सिंह, सन्जु सामसन, ईशन किसन, हार्दिक पाण्ड्या, शिवम् दुबे, जसप्रीत बुमराह, कुलदीप यादव, वरुण चक्रवर्ती, हर्षित राणा, अर्शदीप सिंह, वासिङ्टन सुन्दर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप