जेनजी आन्दोलनले मधेसलाई बिर्सियो – विश्लेषक साह
सारांश
- राजनीतिक विश्लेषक तुलानारायण साहले जेनजी आन्दोलनले मधेसका मुद्दा ओझेलमा पारेको बताए।
- उनले जेनजी आन्दोलन नेतृत्वविहीन रहेको र यसले मधेसमा पुस्तान्तरणको बहसलाई प्रभाव पारेन भने।
- साहले मधेसले आफ्नो पहिचान र अधिकारका लागि थप संघर्ष गर्नुपर्ने र संघीयतालाई सुरक्षित राख्नुपर्ने बताए।
काठमाडौँ । राजनीतिक विश्लेषक तुलानारायण साहले पछिल्लो समय चर्चामा रहेको जेनजी आन्दोलनले मधेसका मुद्दालाई पूर्णतः ओझेलमा पारेको टिप्पणी गरेका छन् ।
मधेस एकता समाजद्वारा शनिबार काठमाडौँमा आयोजित ‘परिवर्तन समयमा मधेस’ विषयक विचार मन्थन कार्यक्रममा साहले हरेक राजनीतिक आन्दोलनले राज्यसँग कुनै न कुनै विन्दुमा सम्झौता गर्ने गरे पनि मधेसको सवालमा भने सधैँ गौण राखिने गरेको बताए ।
विश्लेषक साहले जेनजी आन्दोलनको चरित्र र यसको प्रभावबारे चर्चा गर्दै भने, 'हरेक आन्दोलनको एउटा निश्चित नेता हुन्छ, तर जेनजी आन्दोलन नेतृत्वविहीन जस्तो देखियो । यसको मुख्य एजेन्डा सुशासन र पुस्तान्तरण भनिए पनि ती एजेन्डामा मधेस कतै अटाउन सकेन ।' उनले जेनजी आन्दोलनपछि देशका अन्य क्षेत्रमा पुस्तान्तरणको कुरा उठे पनि मधेस केन्द्रित दलहरूमा भने यसको कुनै प्रभाव नदेखिएको र पुस्तान्तरणको बहस समेत नचलेको औँल्याए ।
मधेस आन्दोलनको मुख्य उद्देश्य काठमाडौँमा आफ्नो राजनीतिक 'स्पेस' खोज्नु मात्र रहेको चर्चा गर्दै उनले अहिलेको बदलिँदो परिस्थितिमा मधेसले आफ्नो पहिचान र अधिकारका लागि थप संघर्ष गर्नुपर्ने बताए । जेनजी आन्दोलनपछिको राजनीतिक समझदारीमा मधेस कतै नदेखिनुले यो समुदायले केही पनि नपाएको उनको दाबी छ ।
संघीयताको भविष्यप्रति आशंका व्यक्त गर्दै साहले भने, 'यो आन्दोलनको एउटा लुकेको एजेन्डा भनेको संघीयता खर्चिलो भयो भन्दै यसलाई कमजोर बनाउनु थियो । यदि मधेसमा यसको प्रतिवाद नभएको भए संघीयता नै धरापमा पर्ने अवस्था आउन सक्थ्यो ।'
अहिलेको समयमा मधेसका लागि सबैभन्दा ठुलो चुनौती नै प्राप्त भइसकेका अधिकार र संघीयतालाई सुरक्षित राख्नु रहेको उनले बताए । कार्यक्रममा मधेसको वर्तमान राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे विभिन्न क्षेत्रका व्यक्तिहरूले समेत धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण