जनमत पार्टीका कार्यकारिणी सदस्यसहित नेताहरू आजपामा प्रवेश
रौतहट । जनमत पार्टीका कार्यकारिणी समिति सदस्यसहित दर्जनौँ प्रभावशाली नेताहरूले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको गृह नगर रौतहटको मौलापुरको पतौरा बजारमा आयोजित एक विशेष कार्यक्रमबिच उनीहरू आजपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा जनमत पार्टीका कार्यकारिणी सदस्य सुनिल यादव, केन्द्रीय सदस्यहरू सियाराम जयसवाल र विनोद यादव, तथा सांस्कृतिक जनमत संघका केन्द्रीय सदस्यद्वय दीपक बैठा र रामबाबु यादव रहेका छन् ।
यसैगरी बारा जिल्लाका विभिन्न तहका जिम्मेवार नेताहरू कामेश्वर मुखिया, सन्दिप यादव, राजेश यादव, र वडा अध्यक्षहरूसहित ठुलो संख्यामा कार्यकर्ताहरू आजपामा गोलबद्ध भएका छन् । नवप्रवेशीमध्ये अधिकांश बारा क्षेत्र नं २ का रहेका छन् ।
नवप्रवेशी नेताहरूले जनमत पार्टीले जनताको आवश्यकता र चाहना पूरा गर्न नसक्ने ठहर गर्दै आजपाको नीति, विचार र समृद्धिको खाका नै मुलुकको लागि सही भएको बताएका छन् । उनीहरूलाई स्वागत गर्दै अध्यक्ष प्रभु साहले अबिर र माला लगाएर सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे ।
पछिल्लो समय मधेशमा जनमत पार्टी छाडेर आजपा रोज्ने नेताहरूको लहर चलेको छ । यसअघि पनि जनमतका केन्द्रीय सदस्यहरू विक्रमबहादुर बम र पुष्पराज भण्डारी लगायतका नेताहरू आजपामा प्रवेश गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण