दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, ९ जनाको मृत्यु भएको आशङ्का
सारांश
- दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ र १० जना घाइते भएका छन्।
- बारमा आएका १२ जना अज्ञात व्यक्तिहरूले मधुशालाका ग्राहकहरूमाथि गोली चलाएका थिए।
- गोलीबारीको कारण अझै स्पष्ट नभएको र घाइतेहरूको उपचार भइरहेको छ।
जोहानेसबर्ग । आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्ग शहरको पश्चिममा रहेको बेकरसडल टाउनशिपमा भएको सामूहिक गोलीबारीमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान १ बजे अगाडि एउटा बार्नेसमा भएको गोलीबारीका घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले आइतबार एक विज्ञप्तिमा भनेको छ ।
गाडीमा आएका लगभग १२ जना अज्ञात संदिग्धहरूले मधुशालाका ग्राहकहरूमाथि गोलीबारी गरेका थिए । गोलीको आवाज सुनेर घटनास्थलबाट भाग्नेहरूमाथि पनि जथाभाबी गोलीबारी जारी राखेको बताइएको छ।
दक्षिण अफ्रिकी सार्वजनिक प्रसारक एसएबीसीको समाचार अनुसार अज्ञात बन्दुकधारीहरूले मधुशालाक्स ग्राहक र बाहिर सडकमा रहेका मानिसहरूमाथि गोलीबारी गरेका छन्।
केही मिडिया रिपोर्टहरूले मृत्यु हुनेको संख्या १० जना रहेको बताएका छन् । गोलीबारीको कारण अझै स्पष्ट छैन। घाइतेहरूलाई अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण