मधेस प्रदेशः सभामुखका उम्मेदवार यादवलाई मत हाल्न सत्ता गठबन्धनका दलहरुको ह्विप
आइतबार, ०६ पुस २०८२, ११ : ५४
सारांश
- मधेस प्रदेश सभामा सभामुख चयनका लागि निर्वाचन हुँदैछ।
- सत्तारुढ दलहरूले जसपाका रामअशिष यादवलाई मतदान गर्न ह्विप जारी गरे।
- सभामुखका लागि एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दिएका छन्।
काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुनुअघि सत्तारुढ दलले जारी गरेका छन् ।
गठबन्धनबाट सभामुखका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रमुख सचेतक रामअशिष यादवको पक्षमा मतदान गर्न भन्दै सत्रारुढ दलहरुले आ–आफ्नो संसदीय दलमार्फत ह्विप जारी गरेका हुन् ।
सभामुखमा नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्।
त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण