ठुलो परिमाणमा चरेससहित दुई जना पक्राउ
आइतबार, ०६ पुस २०८२, १३ : २९
सारांश
- पर्सा प्रहरीले २४० किलो चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
- वीरगन्ज महानगरपालिका क्षेत्रबाट चरेससहित दुई जना कारोबारी र ट्रक पक्राउ परेका छन्।
- जगरनाथपुरबाट लागुऔषध चरेस बरामद गरिएको र अनुसन्धान जारी छ।
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा चरेस बरामद गरेको छ । विशेष सूचनाको आधारमा गरिएको जाँचबाट प्रहरीले २४० किलो चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
वीरगन्ज महानगरपालिकाको एरियाबाट चरेससहित दुई जना कारोबारी र ट्रक पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले आइतबार बताए ।
उनका अनुसार जिल्लाको जगरनाथपुरबाट लागुऔषध चरेस बरामद गरिएको र अहिले अनुसन्धान जारी छ । प्रहरीका अनुसार ६ चक्के ट्रकबाट उक्त चरेस बरामद भएको थियो ।
पक्राउ परेकाहरूमाथि विशेष अनुसन्धान चलिरहेकोले नाम र अन्य विवरण अहिले गोप्य राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण