अपडेट
सभामुख चयनका लागि मधेस प्रदेशसभा बैठक सुरु
आइतबार, ०६ पुस २०८२, १४ : ५१
सारांश
- मधेस प्रदेश सभाको बैठक सुरु भएको छ, जसमा सभामुख चयनका लागि निर्वाचन हुँदैछ।
- सभामुखका लागि जसपाका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन्।
- यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन् भने त्रिलोकीलाई एमालेका सदस्यले समर्थन गरेका छन्।
जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । केही बेरअघि बैठक सुरु भएको हो । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।
प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।
यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन्। त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण