बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

८० वर्षको उमेरमा ताखुबाट धागो काट्दै कालिकोटका बल बहादुर

सोमबार, ०७ पुस २०८२, ०९ : ५९
सोमबार, ०७ पुस २०८२

सारांश

  • काठमाडौँको हनुमानढोका दरबार स्क्वायरमा ८० वर्षीय बल बहादुर शाही पुरानो शैलीमा धागो काट्दै गरेको देखिन्छन्।
  • कर्णालीका बल बहादुरले परम्परागत ताखु प्रयोग गरी धागो काट्ने सीपलाई निरन्तरता दिइरहेका छन्।
  • आधुनिक प्रविधिको युगमा पनि बल बहादुरको यो मौलिक सीपले कर्णालीको परम्परालाई जीवन्त राखेको छ।

काठमाडौँ । काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरमा हिजोआज एकजना वृद्धको अनौठो शैलीले धेरैको ध्यान तान्ने गरेको छ। ८० वर्ष पुगिसकेका कालिकोटका बल बहादुर शाही हातमा 'ताखु' लिएर निकै एकाग्र भएर धागो काटिरहेका भेटिन्छन्। 

Bal Bahadur Shahi_Kalikot_-2

कर्णाली र सुदूरपश्चिमको पहाडी भेगमा भेडाको ऊनबाट धागो बनाउन प्रयोग गरिने यो परम्परागत घरेलु उपकरण काठमाडौँका नयाँ पुस्ता र विदेशी पर्यटकका लागि भने निकै अनौठो दृश्य बनेको छ।

Bal Bahadur Shahi_Kalikot_-3

विशेषगरी काठमाडौँ उपत्यकामा चर्खा चलाएर महिलाहरूले धागो काट्ने चलन रहे पनि कर्णालीतिर भने पुरुषहरू नै यो काममा पोख्त हुन्छन्। बल बहादुर त्यसैको एउटा जीवित उदाहरण हुन्। 

Bal Bahadur Shahi_Kalikot_-4

काठमाडौँमै बसोबास गर्दै आएका उनले आफ्नो थातथलो छोडे पनि पुर्ख्यौली सीप र कर्मलाई भने निरन्तरता दिइरहेका छन्। उनी यसरी काटेको धागोबाट घरमै राडीपाखी र बख्खु बुन्ने गर्छन्, जसले उनको सक्रियता र पुर्ख्यौली संस्कृतिप्रतिको मोहलाई झल्काउँछ।

Bal Bahadur Shahi_Kalikot_-5

हनुमानढोका घुम्न आउने आगन्तुकहरू उनलाई ताखु घुमाउँदै गरेको देखेर टक्क रोकिन्छन्। कतिपयले चासो मानेर सोधपुछ गर्छन् त कतिपयले यो दुर्लभ दृश्यलाई क्यामेरामा कैद गर्छन्। 

Bal Bahadur Shahi_Kalikot_-6

आधुनिक मेसिन र प्रविधिको युगमा पनि बल बहादुरले जोगाइराखेको यो मौलिक सीपले कर्णालीको परम्परालाई राजधानीको मुटुमा जीवन्त राखेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप