मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति
सारांश
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलनको अनुमति दिएन।
- जेनजी समूहले आन्दोलनको अनुमति माग्दै प्रशासनमा पत्र बुझाएको थियो, तर प्रशासनले अनुमति दिन अस्वीकार गर्यो।
- ढुङ्गाना समूहले 'गरी खान देऊ' अभियान चलाउँछ र सोमबार माइतीघरमा विरोध प्रदर्शन गर्ने योजना थियो।
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा साे समूह आइपुगेको र आफूहरूले अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।
सीडीओ पौडेलले सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिए ।
‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन,” पौडेलले रातोपाटीसँग भने ।
ढुङ्गाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँछन् । जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण