बालकोटको खाजाघरमा प्रहरीको छापा : जुवा खेलिरहेका सात जना पक्राउ
सोमबार, ०७ पुस २०८२, १२ : २४
सारांश
- भक्तपुरको बालकोटस्थित एक खाजाघरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।
- प्रहरीले खाजाघर सञ्चालकसहित सातै जनालाई पक्राउ गरी नगद र तास बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूमाथि जुवा ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ।
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक खाजाघरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।
अधिकारी टोलमा भोजपुरका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले सञ्चालन गरेको बालकोट चुल्हो कफी तथा खाजाघरमा जुवातास खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
आइतबार साँझ प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले खाजाघरका सञ्चालक प्रेम बहादुरसहित सातै जनालाई जुवाको खालबाटै नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट नगद २२ हजार ५ सय ३५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको छ।
पक्राउ परेका सबैलाई अहिले प्रहरी हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा ऐनअन्तर्गत आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण