वर्षमान पुन भन्छन्– खेल सुरु भएपछि नियम परिवर्तन हुँदैन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न नमिल्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा फागुन २१ को निर्वाचनबारे भएको सर्वपक्षीय छलफलमा पूर्वमन्त्री समेत रहेका पुनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्ने चर्चाबारे यस्तो बताएका हुन् ।
उनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेपनि खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न नहुनेमा जोड दिए ।
‘चुनावको म्याण्डेट पुरा गर्न के–के चाहिन्छ, त्यो गर्न हामी तयार छौँ । तर विश्वव्यापी मान्यता र हाम्रो व्यवहारिक हिसाबले पनि खेल सुरु भइसकेपछि नियम बदल्नु हुँदैन, बदलियो भने त्यसले द्वन्द्व ल्याउन सक्छ’, नेता पुनले सुझाव दिए ।
उनले सरकारले फागुन २१ गतेको निर्वाचनलाई धकेल्न नमिल्ने समेत बताए ।
विदेशमा रहेका नागरिकहरूले मतदान गर्न पाउनुपर्ने माग जायज भएपनि यसबारेमा आयोगले के गर्न सक्ने र के नसक्ने प्रस्ट बताउनुपर्ने पुनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण