दुई जनाको हत्या योजनाकार : परिवारलाई अमेरिका छु भन्थे, काठमाडौँमा पुरेत्याइँ गर्थे
सारांश
- सिन्धुलीका देवराज ढुंगेलले प्रेमिकालाई जापान पठाउन लिएको ऋण तिर्न साथीहरूबाट लिएको १७ लाख नतिर्ने योजना बनाए।
- उनले ललितपुरको जंगलमा दुई जना साथीको हत्या गरे, जसमध्ये एकले उनलाई १२ लाख र अर्कोले ५ लाख रुपैयाँ सापटी दिएका थिए।
- हत्यापछि उनी अमेरिका गएको नाटक गर्दै ललितपुर र काठमाडौंमा पण्डित्याइँ गर्थे, तर प्रहरी अनुसन्धानले उनलाई दोषी देखायो।
काठमाडौँ । प्रेमिकालाई जापान पठाउँदा लागेको ऋण तिर्न अर्का दुईजनासँग लिएको सापटी रकम 'पचाउन' सिन्धुलीका देवराज ढुंगेलले उनीहरूको हत्याको योजना बनाए ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेलले सुनकोशीकै २० वर्षीय सहपाठी जयराम अधिकारीलाई ललितपुर बोलाए । दुई जना मिलेर ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा सिन्धुलीकै गोलन्जोरका केशवराज हायु र भोजपुर घर भएका पारुहाङ राईको हत्या गरे ।
प्रहरी अनुसन्धानअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा मंसिर २४ गते हायुलाई र २५ गते राईको हत्या भएको थियो ।
हत्या आरोपी ढुंगेलले हायुबाट १२ लाख र राईबाट ५ लाख रुपैयाँ सापटी लिएका थिए । प्रेमिकालाई जापान पठाउँदा लिएको ऋण चुक्ता गर्न सापटी लिएको उक्त रकम नतिर्ने नियतले उनले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
योजना सफल बनाउन र कानुनी कारबाहीबाट बच्न उनले परिवार र गाउँमा आफू अमेरिका गएको बताएका थिए । २०८१ असोजमा ढुंगेलले आफू अमेरिकातर्फ लागेको भन्दै विमानस्थलको फोटो फेसबुकमा पोस्ट गरेका थिए । त्यसपछि उनले परिवारका सदस्यहरूसँग मोबाइल नम्बरबाट कुरा गरेनन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटी भन्छन्, ‘परिवारसँग सामाजिक सञ्जालमार्फत मात्र कुरा गर्दा रहेछन् ।’
प्रहरी अधिकृतहरूलाई पनि उनले गत वर्ष असोजमा अमेरिका गएर मंसिरमा फर्केको दाबी गरेका छन् । तर अनुसन्धानमा संलग्न अधिकृतहरूले उनले ढाँटेको बताएका छन् । परिवार र गाउँमा 'अमेरिकामा छु' भनेका ढुंगेल ललितपुर र काठमाडौँमा पुरेत्याइँ गरेर हिँड्थे । एसएसपी बोगटी भन्छन्, ‘हत्यामा संलग्न आरोपीले पण्डित्याइँ पेसा गरेर जीविकोपार्जन गरेको देखिन्छ ।’
महालक्ष्मी नगरपालिका–८ स्थित केशवराज हायुले सञ्चालन गरेको फार्म हाउससँगै भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राईले पनि फार्म हाउस सञ्चालन गरेका थिए । ढुंगेल पनि महालक्ष्मी स्थानको लुभुमा डेरामा बस्थे । केशवराजकी बहिनीसँग प्रेम सम्बन्धमा रहेका ढुंगेलले फार्म हाउसमा राईलाई चिनेका हुन् ।
ढुंगेलले हायुसँग १२ लाख र राईसँग ५ लाख सापटी लिएका थिए । २५ वर्षीय केशवराजले फार्म हाउस बेचेको रकम ढुंगेललाई दिएका हुन् । उनले बुल्गेरिया जाने योजना बनाएर ढुंगेलसँग रकम फिर्ता मागे । तर रकम फिर्ता दिनुको सट्टा ढुंगेलले योजना बनाई दुवैको हत्या गरेको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी वेद पौडेलले रातोपाटीलाई बताए ।
केशवराजलाई मंसिर २४ गते हत्या गरेपछि ढुंगेल र अधिकारीले भोलिपल्ट राईलाई मार्ने वा नमार्ने भन्नेबारे सल्लाह गरेका थिए । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘भोलिपल्ट नै हत्या गर्ने सल्लाह भएपछि मंसिर २५ मा हायुको हत्या गरेको ठाउँभन्दा केही मिटर पर जंगलमा राईको हत्या गरेको देखिन्छ ।’
पारुहाङको हत्या गरेपछि उनको मोबाइलमा नयाँ फेसबुक आइडी बनाएर आरोपीहरूले उनकी दिदीलाई म्यासेज पठाए, ‘दिदी, म भारत आएको छु । मलाई सञ्चै छ, एक वर्षपछि आउँछु । मलाई नखोज्नु, मेरो चिन्ता नगर्नु !’
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण