बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सालीसँग बिहे गराइदेऊ भन्दै टेलिफोन टावरमा चढे एक युवक

मङ्गलबार, ०८ पुस २०८२, १० : ४५
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • एक युवकले सालीसँग बिहे गर्न परिवारलाई धम्क्याउँदै टेलिफोन टावरमा चढेका थिए।
  • भारतको उत्तर प्रदेशमा, युवकले सालीसित बिहे गर्न नमाने आत्महत्या गर्ने चेतावनी दिए।
  • प्रहरीको समन्वयमा, उनलाई सालीसित बिहे गराइदिने भनी टावरबाट ओरालेर नियन्त्रणमा लिइयो।

काठमाडौँ । पत्नी छँदाछँदै एक युवकले सालीसँग बिहे गर्न परिवारलाई धम्क्याएको घटना प्रकाशमा आएको छ । गाउँकै एक टेलिफोन टावरमा चढेर ती युवकले सालीसँग बिहे नगराउने हो भने हामफाल्ने धम्की दिएका थिए ।

घटना भारतको उत्तर प्रदेश राज्यको औरैया जिल्लास्थित गोपालपुर गाउँको हो । शहरुद्दीन उर्फ शेरा नाम गरेका युवक सोमबार स्थानीय समयअनुसार बिहान करिब साढे ९ बजे अचानक टेलिफोन टावरमा चढे ।

टावरमाथिबाट शहरुद्दीनले आफू सालीसँग बिहे गर्न इच्छुक रहेको र बिहे नगराएको खण्डमा हामफाल्ने चेतावनी दिए । हो–हल्ला सुनेपछि उनका परिवारका सदस्यका साथै गाउँलेहरू भेला भए । सोही भिडबाट कसैले प्रहरीलाई घटनाबारे जानकारी गरायो ।

शहरुद्दीनकी पत्नीसमेत डेढ वर्षीय बच्चा लिएर घटनास्थलमा पुगिन् । शहरुद्दीन आफ्नो अडानबाट टसमस नभएपछि प्रहरीले उनकी सालीलाई बोलाएको बताइन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सालीसँग बिहे गराइदिने भन्दै प्रहरीकै समन्वयमा उनलाई टेलिफोनको टावरबाट करिब तीन घण्टापछि तल झारिएको थियो । लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप