शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्री सुर्खेतमा, के छ कार्यतालिका ?

मङ्गलबार, ०८ पुस २०८२, १४ : १९
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्याल १३ सदस्यीय टोलीसहित सुर्खेत आइपुगेका छन्।
  • उनी उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा भाग लिन आएका हुन्, जसमा आईजीपी र अन्य सुरक्षा अधिकारीहरू पनि सहभागी हुनेछन्।
  • बैठकमा कर्णाली प्रदेशका सुरक्षा चुनौती, सीमा सुरक्षा, र विकास आयोजनाहरूको सुरक्षाबारे छलफल हुनेछ।

सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्याल सुर्खेत आइपुगेका छन् । बुद्ध एयरको विमानमार्फत मंगलबार मध्याह्न १३ सदस्यीय टोलीसहित गृहमन्त्री अर्याल सुर्खेत आइपुगेका हुन् ।

उनी बुधबार हुने प्रदेशको उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा सहभागी हुनका लागि सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपेन्द्र मगराठीले रातोपाटीलाई बताए ।

सुर्खेत ओर्लिएलगत्तै गृहमन्त्री अर्याले भेरीगङ्गास्थित राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको अनुगमनमा निस्किएका छन् । मगराठीका अनुसार, त्यस पश्चात् अन्य खासै भेटघाट तथा छलफल हुने कार्यक्रम आज छैन ।

बुधबार वीरेन्द्रनगरको शुभ होटलमा आयोजना हुने उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा उनले भाग लिनेछन् । उक्त बैठकमा आफूसँगै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याल र नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठसहितको सहभागिता हुने बताइएको छ ।

यो बैठकमा कर्णाली प्रदेशका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुखहरू तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने छ ।

कर्णाली प्रदेशभित्रका सुरक्षा चुनौती, सीमा सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने रणनीति र विकास आयोजनाहरूको सुरक्षा प्रबन्धका विषयमा समीक्षा गर्ने बुझिएको छ ।

प्रहरीका अनुसार अर्याल बुधबार सुरक्षा बैठक सकेर फर्किने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप