समानुपातिक उम्मेदवार सिफारिसका लागि शंकरलाई योगेशको फोन
सारांश
- आगामी निर्वाचनका लागि एमालेभित्र समानुपातिक उम्मेदवार छनोटको तयारी सुरु भएको छ।
- उपमहासचिव योगेश भट्टराईले पार्टी कमिटीहरूबाट उम्मेदवार सिफारिसका लागि पहल थालेका छन्।
- भट्टराईले समयमै मापदण्ड बनाउन र तल्लो तहबाट सिफारिस लिन नेतृत्वको ध्यानाकर्षण गराए।
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको नामावली बुझाउने समय नजिकिँदै जाँदा नेकपा एमालेभित्र आन्तरिक तयारी सुरु गर्न दबाब बढेको छ।
एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचनको समयसीमालाई मध्यनजर गर्दै पार्टीका तहगत कमिटीहरूबाट उम्मेदवार सिफारिस गराउन पहल सुरु गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीले तत्काल बैठक बसी स्पष्ट मापदण्ड बनाएर तल्लो कमिटीहरूलाई निर्देशन दिनुपर्नेमा जोड दिएका छन्।
यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन उपमहासचिव भट्टराईले पार्टी महासचिव शंकर पोखरेलसँग टेलिफोन संवाद समेत गरेका छन्। उनले निर्वाचन आयोगले तोकेको समयभित्रै योग्य र समावेशी उम्मेदवारहरूको छनोट कार्य सम्पन्न गर्नका लागि पार्टीको आधिकारिक निर्णय र निर्देशनको प्रतीक्षा भइरहेको उल्लेख गरे।
समयमै मापदण्ड नबन्दा र तल्लो तहबाट सिफारिस नआउँदा उम्मेदवार चयनमा ढिलाइ हुन सक्ने भएकाले यो विषयलाई प्राथमिकतामा राख्न उनले नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण