पाँच महिनामा ४४ अर्ब बराबरको सवारी साधन आयात, ईभी आयात घट्यो
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सवारी साधन र स्पेयर पार्टस् आयातमा वृद्धि भएको छ।
- पछिल्लो पाँच महिनामा ४४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सवारी साधन र पार्टपूर्जा आयात भएको छ।
- विद्युतीय सवारी साधनको आयात घटेको छ, तर इन्धन सवारी साधनको आयात बढेको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको अवधिमा नेपालमा सवारी साधन र स्पेयर पार्टस् आयातमा वृद्धि भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो पाँच महिनामा ४४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सवारी साधन र त्यसका पार्टपूर्जा आयात भएको हो ।
विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा सवारी साधन आयातमा वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा करिब ३८ अर्ब रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो ।
तर, अघिल्लो महिनाको तुलनामा विद्युतीय सवारी साधन आयात घटेको छ । पाँच महिनामा १२ अर्ब ३४ करोड रुपैयाँ बराबरका २३ हजार २६ युनिट विद्युतीय सवारीसाधन आयात भएका छन् । यसबाट सरकारले ६ अर्ब ६१ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ ।
गत वर्ष सोही अवधिमा १५ अर्ब रुपैयाँ बराबरका १८ हजार ४६१ युनिट विद्युतीय सवारीसाधन आयात गरिएको थियो ।
त्यस्तै, २९ अर्ब २६ करोड रुपैयाँ बराबरका १ लाख ३८ हजार २३० युनिट इन्धन सवारीसाधन आयात भएका छन् । यसबाट सरकारले ३१ अर्ब ३३ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ ।
गत आवको पाँच महिनामा २० अर्ब २८ करोड रुपैयाँ बराबरका १ लाख १० हजार ४९ युनिट इन्धन सवारीसाधन आयात भएका थिए ।
हुन्डाइ लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक दीपक थपलियाले भदौ र असोजको तुलनामा कमी आएको बताए । उनले चाडपर्वको समयमा धेरै आयात हुने गरेकाले मंसिर पुस महिनामा कमी आउन स्वाभाविक भएको बताए ।
उनले भने,‘ थोरै कमी देखिएको छ तर स्वाभाविक हो । सिजनको समयमा धेरै आयात हुन्छ । अहिले अफसिजन भएकाले थोरै विद्युतीय सवारी साधनमा कमी देखिएको हो । व्यवसायीहरूको लागि हरेक वर्ष हुने निरन्तर प्रक्रिया हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण