फेवातालको सिमसार पुर्ने खतिवडालाई अभद्र व्यवहार मुद्दामा म्याद थप
पोखरा । पोखराको फेवाताल सिमसार पुर्दा अवरोध भएको भन्दै प्रहरी र पत्रकारमाथि दुर्व्यवहार गर्ने युवराज खतिवडालाई अभद्र व्यवहारमा म्याद थप गरिएको छ ।
कास्की अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार, खतिवडालाई पत्रकार र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सोमबार पक्राउ गरिएको हो ।
‘म्याद थप भएको छ । अनुसन्धान चलिरहेको छ,’ उनले भने । खतिवडा शक्तिको आडमा सिमसार पुरेको आरोपमा पटक पटक विवादमा परेका छन् । यसअघि पनि उनलाई प्रहरीले विभिन्न घटनामा पक्राउ गरेर छाड्दै आएको छ ।
पोखरा ५ बस्दै आएका ३७ वर्षीय खतिवडा धादिङका हुन् । फेवातालको सिरानमा सिमसार क्षेत्रमा माटो र गिटी हालेर पुरिरहेको अवस्थामा प्रहरीले रोक्न खोज्दा उनले दुर्व्यवहार गरेका थिए ।
उनीमाथि सिमसार पुरेको आरोपमा भने मुद्दा अघि बढेको छैन । ‘जाहेरी आयो भने त्यो मुद्दा पनि अघि बढ्छ । तर अहिले अभद्र व्यवहारमा मात्रै अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने ।
सर्वोच्च अदालतले २०७५ सालमा तालको ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन आदेश दिए पनि कार्यान्वयन नहुँदा भूमाफिया सलबलाएका छन् ।
केहीले सिमसार पुगेर प्लटिङ गरिराख्दा समेत पोखरा महानगरपालिका मौन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण