'धुरन्धर'को सफलतापछि रणवीर सिंहले छाडेका हुन् 'डन ३' ?
नयाँ दिल्ली । आदित्य धरले निर्देशन गरेको फिल्म 'धुरन्धर'को ठुलो सफलतापछि रणवीरले आफ्नो करिअरबारे सावधानीपूर्वक निर्णयहरू लिइरहेका छन् ।
यो एक्सन थ्रिलर एकदमै हिट भयो र यसले धमाधम पैसा छापिरहेको छ। पिंकभिल्लाको रिपोर्ट अनुसार धुरन्धरको सफलतापछि रणवीरको प्राथमिकताहरू फेरिएका छन् । रणवीरले फरहान अख्तरको फिल्म 'डन ३' छोडेका छन् । यो फिल्मको छायांकन जनवरी २०२६ मा सुरु हुने तालिका थियो, तर रणवीर अब यो परियोजनाको हिस्सा छैनन् ।
रणवीर अब संजय लीला भन्साली, लोकेश कनगराज र एटली जस्ता निर्देशकहरूसँग काम गर्न चाहन्छन् । उनी लगातार ग्याङ्स्टर भूमिका खेल्न चाहँदैनन्, किनकि 'धुरन्धरले पहिले नै यस विधामा उनको लागि बलियो छाप छोडिसकेको छ ।
'डन ३'को बारेमा रणवीर सिंह वा निर्माण टोलीले भने अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन ।
'प्रलय'का कारण रणवीरले छाडेका हुन् 'डन ३' ?
रणवीर अब जय मेहताको फिल्म 'प्रलय' चाँडै सुरु गर्न चाहन्छन् । यो जोम्बीमा आधारित फिल्म हो, जसमा एक व्यक्तिले ठुलो कठिनाइमा आफ्नो परिवारलाई बचाउन खोजिरहेको छ । छायांकन चाँडै सुरु होस् भनेर रणवीर आफैं फिल्मको मिति र तालिका अन्तिम रूप दिन व्यस्त रहेको बताइएको छ । फिल्मको निर्माण एप्लज इन्टरटेनमेन्टले गरिरहेको छ । फिल्मको अस्थायी शीर्षक 'प्रलय' हो ।
'डन ३' का निर्माताहरूले नयाँ महिला मुख्य भूमिका खोजिरहेको खबर आएको छ । सुरुमा मुख्य अभिनेत्रीको लागि कियारा आडवाणीलाई विचार गरिएको थियो । तर अब यो भूमिकाको लागि कृति सेननको नाम फाइनल गरिएको खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण