राजनीतिक दल
रौतहट-४ बाट कांग्रेसका राष्ट्रियसभामा ३ र प्रतिनिधिसभामा ५ जना उम्मेदवार सिफारिस
मङ्गलबार, ०८ पुस २०८२, १९ : ५१
काठमाडौं । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर ४ बाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फको उम्मेदवारका लागि दुई जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।
कांग्रेसको रौतहट क्षेत्रीय कमिटीले राष्ट्रियसभाका लागि चन्द्रपुर नगरपालिका-४ की लक्ष्मी बराल, गरूडा नगरपालिका-१ का रामकृष्ण चौधरी र चन्द्रपुर नगरपालिका-१० की ढोराई चौधरीलाई सिफारिस गरेको हो ।
यस्तै प्रत्यक्षतर्फ देवप्रसाद तिमिल्सिना, पवनकुमार राय यादव र मिस्रुन खातुनको नाम पठाएको छ भने समानुपातिकतर्फ सपुतबहादुर कार्की र गीतामाया भारतीलाई सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण