दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
मङ्गलबार, ०८ पुस २०८२, २२ : २५
काठमाडौँ । दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष प्रक्षेपण यान प्राविधिक गडबडीका कारण असफल भएको स्थानीय सञ्चारमाध्यमले मंगलबार जनाएका छन् ।
अन्तरिक्ष कम्पनी इनोस्पेसद्वारा विकास गरिएको ‘हानबिट–नानो’ नामक प्रक्षेपण यान ब्राजिलको अलकान्तारा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान १० बजेर १३ मिनेटमा प्रक्षेपण गरिएको थियो ।
स्थानीय समाचार माध्यमका अनुसार प्रक्षेपणपछि यानमा गम्भीर समस्या देखिएको र त्यसपछि यान टुक्रिएर विस्फोट भएको अनुमान गरिएको छ, जसका कारण प्रक्षेपण असफल भयो ।
यस घटनासम्बन्धी कम्पनीले हालसम्म कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण