नागरिक प्रहरी सहकार्य बलियो बनाउन ‘हाम्रो प्रहरी’ कार्यक्रम
सारांश
- ‘हाम्रो प्रहरी’ कार्यक्रम नागरिक र प्रहरीबीचको सम्बन्ध बलियो बनाउन सुरु गरिएको छ।
- प्रहरीले अपराध नियन्त्रण, सुरक्षा, र सामाजिक सद्भावका लागि सामूहिक प्रयास गर्नेछ।
- कार्यक्रमअन्तर्गत, प्रहरीले टोल, समाज, र विद्यालयमा पुगेर काम गर्नेछ।
काठमाडौँ । नागरिक र प्रहरीबिचको सम्बन्धलाई थप बलियो बनाउन ‘हाम्रो प्रहरी’ कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले समुदाय र नागरिकबिचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउन मंगलबारदेखि उक्त कार्यक्रम सुरु गरेको हो ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले नागरिक र प्रहरीबिचको सम्बन्धलाई मजबुत बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकको सुरक्षा, विपद् उद्धार, सामाजिक सद्भाव र अमन चयनका लागि सामूहिक ऐक्यबद्धता कायम गर्न उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
उक्त कार्यक्रम प्रहरी र नागरिकबिचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने परिसर प्रमुख थापाले बताए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भत्किएका प्रहरी कार्यालयहरू नागरिकको सहकार्यमा पुनर्निर्माण भएसँगै हाम्रो प्रहरी भन्ने भावना नागरिकमा विकास हुँदै गएको छ ।
काठमाडौँ प्रहरीले आफू मातहतका हरेक कार्यालयमार्फत टोल, समाज र विद्यालयमा पुगेर हाम्रो प्रहरी कार्यक्रम सञ्चालन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण