अमेरिकाको पेन्सिलभेनियामा एक नर्सिङ होममा विस्फोट, दुई जनाको मृत्यु
बुधबार, ०९ पुस २०८२, ०९ : ०१
सारांश
- पेन्सिलभेनिया राज्यको एक नर्सिङ होममा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ।
- विस्फोटपछि नर्सिङ होमको एक भाग भत्किएको छ र धेरै मानिस घाइते भएका छन्।
- ग्यास गन्ध आएपछि आपत्कालीन टोली बोलाइएको थियो, तर भवनमा विस्फोट भइसकेको थियो।
वासिङ्टन डीसी । अमेरिकाको पेन्सिलभेनिया राज्यमा एक नर्सिङ होममा विस्फोट भएको छ । विस्फोटमा नर्सिङ होमको एक भाग भत्किएको छ । यस घटनामा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएका छन्।
ग्यासको गन्ध आएको खबर पाएपछि स्थानीय समय अनुसार मंगलबार दिउँसो २ बजेतिर सिल्भर लेक नर्सिङ होममा आपत्कालीन टोलीहरू बोलाइएको थियो। टोली आइपुग्दा भवनमा विस्फोट भएर ठुलो आगो लागेको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनापछि पाँच जना बेपत्ता छन् । उनीहरू अझै भवनमा छन् कि छैनन् भन्ने कुरा निश्चित नभएको अधिकारीहरूले भने का छन् । अरूको उद्धार गरिएको छ।
घाइतेहरूको सही सङ्ख्या अज्ञात रहेको र विस्फोटको कारण अनुसन्धान भइरहेको पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण