जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
सारांश
- भक्तपुर, ललितपुर र दार्चुलाबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेका छन्।
- भक्तपुरमा नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित १० जना पक्राउ परेका छन्।
- ललितपुर र दार्चुलामा पनि जुवा खेलिरहेको अवस्थामा मानिसहरू पक्राउ परेका छन्।
काठमाडौँ । विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ पक्राउ परेका छन् । भक्तपुर, ललितपुर र दार्चुलाबाट ३१ जना पक्राउ परेका हुन् ।
भक्तपुरको सूर्य विनायक नगरपालिका–५ चुनदेवीबाट जुवा तास खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका ३२ वर्षीय कुशल मगरसमेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै,भक्तपुर नगरपालिका–८ च्यामासिंह बस्ने माइला मारीखुको घरमा जुवा तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका–७ बागेश्वरी बस्ने ५१ वर्षीय नारथ कार्कीसहित ७ जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७३ हजार ७ सय २५ रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यता, ललितपुरको महालक्ष्मी नगरपालिका–२ आँगन पाटी प्यालेसको पछाडि रहेको टहरामा जुवा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ इमाडोल बस्ने गोरखा घर भएका ३२ वर्षीय सुनिल क्षेत्रीसहित ८ जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोवाटोबाट र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ४ सय ४७ रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै, दार्चुलाको महाकाली नगरपालिका–४ नमुना टोल खलङ्गा बजार बस्ने ४२ वर्षीय गौरवलाल चुनाराको घरमा जुवा तास खेलिरहेको अवस्थामा गौरवसहित ६ जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ५ सय ८५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण