नेफ्स्कुनका सदस्यलाई बर्खास्त गर्न माग गर्दै सहकारी प्राधिकरणमा उजुरी
सारांश
- नेफ्स्कुनका सञ्चालक देवकुमार श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै उजुरी दर्ता गरिएको छ।
- चेक बाउन्सको आरोपमा कालोसूचीमा परेका श्रेष्ठलाई कानुन अनुसार पदबाट हटाउन माग गरिएको छ।
- प्राधिकरणको मापदण्ड अनुसार कालोसूचीमा परेका सञ्चालक स्वतः पदमुक्त हुने व्यवस्था छ।
काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक सदस्य देवकुमार श्रेष्ठलाई पदमुक्त गर्न माग गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा उजुरी दर्ता भएको छ । चेक बाउन्स लगायतका बैंकिङ कसुरका कारण कालोसूचीमा परेको भन्दै उनलाई कानुन बमोजिम तत्काल पदबाट हटाउन माग गरिएको हो।
निवेदक लक्ष्मी तिम्सिनाले सोमबार प्राधिकरणमा उक्त उजुरी दर्ता गराएकी हुन् । श्रेष्ठलाई चेक बाउन्सको आरोपमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो । कालोसूचीमा रहेको व्यक्ति सहकारी संस्था तथा सङ्घहरूको सञ्चालक तथा सदस्य हुन नसक्ने भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।
उजुरीमा प्राधिकरणले जेठ ९ गते जारी गरिएको ‘सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापनसम्बन्धी मापदण्ड’ मा कुनै पनि सहकारीको सञ्चालक कालोसूचीमा परेमा वा निज र निजको परिवारका सदस्यले लिएको ऋण खराब वर्गमा वर्गीकृत भएमा त्यस्तो सञ्चालक स्वतः पदमुक्त हुने प्रावधान राखेको भन्दै उनलाई पदमुक्त गर्न माग गरिएको छ ।
सहकारी विभाग, राष्ट्रिय सहकारी महासङ्घ र नेफ्स्कुन केन्द्रीय कार्यालय बोधार्थ दिएर पठाएको पत्रमा मापदण्डको व्यवस्था स्वतः लागू हुने प्रकृतिको भएको हुँदा श्रेष्ठ अब नेफ्स्कुनको सञ्चालक पदमा रहन कानुनी रूपमा अयोग्य भइसकेको दाबी गरिएको छ ।
_aFu3oGtpLF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण