चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट सुरु हुँदै
सारांश
- ललितपुरमा पौष २२ गतेबाट चौथो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ।
- प्रतियोगिता बालकुमारी रिमिक्स क्लबमा हुनेछ, जसमा करिब ४ सय खेलाडीले विभिन्न ६ विधामा प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगितामा पुरस्कार राशि वृद्धि गरिएको छ, जसमा पुरुष एकल विजेताले ५० हजार रुपैयाँ पाउनेछन्।
काठमाडौँ । ललितपुर ब्याडमिन्टन सङ्घ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पौष २२ गतेबाट सुरु हुने भएको छ।
ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्ड हलमा पाँच दिनसम्म चल्ने यो प्रतियोगिता पौष २६ गते सम्पन्न हुनेछ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा करिब ४ सय खेलाडीले ६ विधामा प्रतिस्पर्धा गर्ने आयोजकले अनुमान गरेको छ । पुरुष र महिला एकल (खुला), यु–२० वरीयता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल र ४५ वर्ष माथिको मास्टर युगल समावेश छन्।
तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको यस प्रतियोगितामा यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको प्रतियोगिताका सचिव रदीप महर्जनले जानकारी दिए ।
उनका अनुसार, पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फ अघिल्लो संस्करणमा क्रमशः ४० हजार, २० हजार र १० हजार रुपैयाँ रहेको पुरस्कार यसपटक बढेर ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुगेको छ।
यस्तै, यु–१७ पुरुष तथा महिला एकलका शीर्ष तीनले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ तथा मास्टर युगलका विजेताले ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। सबै विजेताले मेडल, प्रमाणपत्र र ट्रफी पनि पाउनेछन् ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र अफिसियलहरुका लागि बिहानको खाजा र खानाको व्यवस्था आयोजक स्वयंले गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण