एकै झट्कामा अमिताभ, शाहरुख र सलमानका लाखौं फलोअर्स कम भए, किन ?
बलिउड सेलिब्रिटीको ट्वीटर फलोअर्सको संख्यामा एकपटक पुनः अचानक गिरावट आएको छ । यद्यपी, यसको कारण उनीहरुको स्टारडममा कमीका कारण नभई ट्वीटरको सफाई अभियानका कारण भएको हो ।
जानकारीका अनुसार अमिताभ बच्चनको ट्वीटरमा चार लाख २४ हजार, शाहरुख खानका तीन लाख ६२ हजार एक सय ४१ र सलमान खानका तीन लाख ४० हजार आठ सय ८४ फलोअर्स कम भएका छन् । वास्तवमा ट्वीटरले डिएक्टिव र लक भएका खाता बन्द गरेको छ जसका कारण यी सेलिब्रिटीको खातामा लाखौं फलोअर्सको कमी भएको छ ।
ट्वीटरमा फलोअर्सको संख्यामाथि निगरानी राख्ने वेबसाइट सोशलब्लेड डट कमका अनुसार आमिर खानका तीन लाख १६ हजार ९ सय, प्रियंका चोपडाका तीन लाख ५४ हजार ८ सय ४० र दीपिका पादुकोणको दुई लाख ८८ हजार दुई सय ९८ फलोअर्स कम भएका छन् । यो कसरी भयो यसबारे ट्वीटरले अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन ।
यद्यपी, दिव्या दत्ता, ओनिर र अपूर्व असरानीलगायतले रातभरी यति ठूलो संख्यामा फलोअर कमी हुँदा प्रतिक्रिया दिएका छन् । दिव्याले ट्वीटरमा लेखिन्, ‘ओहो, के भयो ट्वीटर... एक घण्टामा अचानक हज्जारौं फलोअर्सको गिरावट ।’ दिव्याका चार लाख ९० हजार फलोअर्स थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण