डीआईजी जयराज सापकोटालाई ‘नसियत’ को कारबाही
सारांश
- प्रहरी प्रधान कार्यालयले डीआईजी जयराज सापकोटालाई 'नसियत' दिने निर्णय गरेको छ।
- डीआईजी सापकोटालाई प्रहरी नियमावली विपरीतको आचरण गरेको आरोप लागेको छ।
- कोशी प्रदेशको डीआईजी सरुवामा असन्तुष्टि जनाएपछि उनलाई कारबाही गरिएको हो।
काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले कारबाही गरेको छ । कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटालाई ‘नसियत’ दिने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
मंसिर ११ मा हेडक्वार्टरले उनलाई प्रहरी नियमावली–२०७१ विपरीतको आचरण गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
कोशी प्रदेशमा भएको डीआईजी सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी गरेका थिए । गृहमन्त्री ओमप्रकाश अर्यालले कोशीमा विनोद घिमिरेलाई पठाउने निर्णय गरेपछि सापकोटाले सामाजिक सञ्जाल (फेसबुक)मा लेखेका थिए, ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ ।’
उनले कोशीको कमाण्ड गर्ने इच्छा देखाएको तर, मन्त्रालयले फरक व्यक्तिलाई पठाउने निर्णय गरेपछि उनले असन्तुष्टि जनाएका हुन् ।
सापकोटाको असन्तुष्टि प्रहरी नियमावली–२०७१, प्रहरीको मिडिया सम्बन्धी नीति २०६० र आचारसंहिता–२०७७ भन्दा विपरीत भएको भन्दै प्रहरी हेडक्वार्टरले उनलाई नसियत दिने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण