युद्ध रोक्न जेलेन्स्कीको २० बुँदे प्रस्ताव : युक्रेन र अमेरिकाबीच सहमति, अब मस्कोको पालो
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि २० बुँदे योजना सार्वजनिक गरे।
- योजनामा युक्रेनको सार्वभौमिकता, सुरक्षा प्रत्याभूति, आर्थिक पुनर्निर्माण र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिइएको छ।
- योजनामा युद्धविराम, युद्धबन्दी आदान–प्रदान र जापोरिज्जिया परमाणु ऊर्जा स्टेशनको संयुक्त व्यवस्थापनको प्रस्ताव छ।
वासिङ्टन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्य गरी दीर्घकालीन शान्ति स्थापना गर्न अमेरिकाको नेतृत्वमा तयार पारिएको नयाँ २० बुँदे योजना सार्वजनिक गरेका छन्। किएभ र वाशिङ्टनबीच सहमति भइसकेको यो योजना प्रतिक्रियाका लागि मस्को पठाइएको जानकारी उनले दिएका हुन्।
प्रस्तावित योजनामा युक्रेनको सार्वभौमिकताको पुनः पुष्टिलाई मुख्य आधार बनाइएको छ। यस अन्तर्गत युक्रेन र रूसबीच पूर्ण गैर-आक्रमण सम्झौता हुने र युक्रेनलाई बलियो सुरक्षा प्रत्याभूति दिइने उल्लेख छ। युक्रेनी सेनाको क्षमतालाई कायमै राख्दै नाटो, अमेरिका र युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा समर्थन प्रदान गर्ने प्रावधान समेत यसमा समेटिएको छ।
शान्ति योजनाले सुरक्षाका अतिरिक्त आर्थिक र राजनीतिक पक्षलाई पनि प्राथमिकता दिएको छ। युक्रेनले यूरोपेली सङ्घको सदस्यता हासिल गर्ने, ध्वस्त भएका पूर्वाधार र अर्थव्यवस्थाको पुनर्निर्माणका लागि विशेष विकास प्याकेज लागू गर्ने र डनिप्रो नदी तथा कालो सागरमा व्यापारिक पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। विशेषगरी विवादित जापोरिज्जिया परमाणु ऊर्जा स्टेशनलाई युक्रेन, अमेरिका र रूसको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
योजनामा मानवीय पक्ष र लोकतान्त्रिक प्रक्रियालाई पनि ध्यान दिइएको छ। मानवतावादी समितिको स्थापना गर्ने, युद्धबन्दी तथा अन्य कैदीहरूको आदान–प्रदान सुनिश्चित गर्ने र युद्धका कारण रोकिएको निर्वाचन युक्रेनमा छिट्टै सम्पन्न गर्ने विषय योजनामा सामेल छन्। सम्झौताको कानुनी कार्यान्वयनको निगरानी 'शान्ति परिषद्' ले गर्नेछ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार सबै पक्षबीच सहमति जुटे लगत्तै तत्काल पूर्ण युद्धविराम लागू हुनेछ। यो योजनाले लामो समयदेखि जारी युक्रेन–रूस द्वन्द्व अन्त्य गर्न र क्षेत्रमा स्थायी शान्ति कायम गर्न निर्णायक भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण