भूमि आयाेगद्वारा कामकारबाही सुरु गर्न निर्देशन
बुधबार, ०९ पुस २०८२, २१ : १५
काठमाडाैँ । भूमि समस्या समाधान आयोगले राेकिएकाे कामकारबाही सुरु गर्न निर्देशन दिएकाे छ । बुधबार आयाेगले ७७ वटै जिल्ला समितिहरूलाई प्रचलित कानुनअनुसार कामकारबाही सुरु गर्न निर्देशन दिएको हाे ।
मन्त्रिपरिषद्काे गत असोज २३ गते बसेको बैठकले भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो ।उक्त निर्णयविरूद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा सर्वोच्चले सरकारको निर्णय बदर गरिदिएकाे थियाे ।
यससँगै भूमि समस्या समाधान आयोगले आयोग गठन आदेश, २०८१ तथा प्रचलित नियमअनुसार कामकारबाही सुरु गर्न भनेकाे हाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलको मूल्य स्थिर
-
नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण