अफ्रिका कप अफ नेसन्स : इयोङको निर्णायक गोलमा क्यामरुनको विजयी सुरुवात
सारांश
- क्यामरुनले अफ्रिका कप अफ नेसन्सको खेलमा ग्याबोनलाई पराजित गर्यो, कार्ल एटा इयोङले निर्णायक गोल गरे।
- खेलमा ग्याबोनले पिएर-एमरिक औबामेयाङ र मारियो लेमिनालाई मैदानमा उतारे पनि जित हासिल गर्न सकेन।
- क्यामरुनका गोलकिपर डेभिस इपासीले ग्याबोनको बराबरीको प्रयासलाई विफल पारे, र आइभोरी कोस्टले मोजाम्बिकलाई हरायो।
अगादिर । पाँच पटकको विजेता क्यामरुनले सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) अन्तर्गत समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा ग्याबनमाथि रोमाञ्चक जित दर्ता गरेको छ।
मोरक्कोको अगादिरमा भएको मध्य अफ्रिकी छिमेकीहरूबिचको भिडन्तमा कार्ल एटा इयोङले खेलको सुरुवातमै गरेको गोल नै क्यामरुनको जितका लागि निर्णायक बन्यो। आक्रामक रणनीतिसहित मैदान उत्रिएको क्यामरुनले खेलको सुरुदेखि नै ग्याबनलाई दबाबमा राखेको थियो।
खेलको निर्णायक क्षण तब आयो जब साम्युएल कोट्टोको लामो पासलाई ब्रायन म्ब्युमोले डिबक्स भित्र रहेका इयोङका लागि उपलब्ध गराए। लेभान्टेका फरवार्ड इयोङले कुनै गल्ती नगरी ग्याबनका गोलकिपर लोयस म्बाबाको खुट्टाको मुनिबाट बललाई जाली चुमाए। सुरुमा अफसाइडको शङ्का गरिए पनि भिडियो असिस्टेन्ट रेफ्रीको जाँचले त्यसलाई गोलको मान्यता दिएको थियो।
पहिलो हाफमै पछि परेपछि ग्याबनका प्रशिक्षक थियरी मुयुमाले ३३ औँ मिनेटमा टोलीमा ठुलो परिवर्तन गरेका थिए। चोटका कारण मैदान बाहिर रहने अनुमान गरिएका राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता पिएर-एमरिक औबामेयाङ र मारियो लेमिनालाई उनले मैदान प्रवेश गराए।
खेल सकिन १८ मिनेट बाँकी छँदा ग्याबनका रोयस ओपेन्डाले बराबरीको सुनौलो अवसर पाएका थिए, तर उनको प्रहारलाई क्यामरुनका गोलकिपर डेभिस इपासीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे।
दोस्रो हाफमा क्यामरुनले अग्रता दोब्बर बनाउने अवसर पनि पाएको थियो। म्ब्युमोको कर्नरमा फ्र्याङ्क माग्रीले प्रहार गरेको हेड बल डिफेन्डर ज्याक इकोमीलाई लाग्दै क्रसबारमा ठोक्किएर फर्किएको थियो।
बुधबारै भएको यसै समूहको अर्को खेलमा साविक विजेता आइभोरी कोस्टले मोजाम्बिकलाई १-० ले हराएको छ। अब आइतबार क्यामरुनले आइभोरी कोस्टको सामना गर्नेछ भने ग्याबनले मोजाम्बिकसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण