राजनीति
कुलमानसँग अलग्गै छलफल गरे बालेनले
बिहीबार, १० पुस २०८२, १२ : २७
१
सारांश
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच आगामी निर्वाचनमा सहकार्यबारे छलफल भयो।
- छलफलमा चुनावमा सहकार्य गरेर जानेबारे सकारात्मक कुराकानी भएको बताइएको छ।
- बालेनले रवि लामिछाने, सुदन गुरुङ र सुनिल शर्मा लगायतसँग पनि छलफल गर्दै छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे अलग्गै छलफल गरेका छन् ।
बिहीबार बिहान उनले कुलमानसँग छलफल गरेको उच्च स्रोतले बतायो । छलफलका क्रममा चुनावमा सहकार्य गरेर जानेबारेमा सकारात्मक कुराकानी भएको बताइएको छ ।
सोही छलफलपछि बालेनले ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायत छलफलमा गरिरहेका छन् ।
त्यसका लागि नेताहरु बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण