शिक्षामा लगानी बढाउन आवश्यक छ : प्रधानमन्त्री कार्की
काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउन जरुरी रहेको बताएकी छन् । बिहीवार त्रिभूवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताइन् ।
विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताइन् । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको उनले बताइन् । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएअनुसार यसबारे परामर्श र गृहकार्य भइरहेको उनकाे भनाइ छ ।
उनले भनिन, ‘नेपालमा शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता छ । सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतिकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक छ । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको छ । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता वोध भएको छ । यसबारेमा परामर्श र गृहकार्य भइरहेको छ ।’
प्रधानमन्त्री कार्कीले उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् । –न्युज एजैन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण