पोखरामा सुन्तला महोत्सव
पोखरा । वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा आज पोखरा महानगरपालिका–२१ कृष्तीमा सुन्तला महोत्सव आयोजना गरिएको छ । उत्पादक र उपभोक्तालाई एक ठाउँमा उपस्थित गराउँदै सुन्तला खेतीप्रतिको आकर्षण बढाउन प्रेरति गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका धनराज आचार्यले महानगरपालिकाको एक वडा/एक उत्पादन कार्यक्रमअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा स्थापित वडा नं २१ का किसानलाई लक्षित गर्दै पहिलोपटक सुन्तला महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवका कारण किसान आफ्नै बगैँचामा उत्पादन गरेका प्राङ्गारिक सुन्तला एकैथलोमा बिक्री गर्न पाउने व्यवस्थाबाट लाभान्वित बनेको उनले बताए ।
नेपालको राष्ट्रिय फल सुन्तलालाई ‘पोखराको सुन्तला’का रूपमा स्थापित गर्न वडा नं २१, २२, १६, २३, २८ र ३३ को महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले यस वर्ष पोखरा महानगर क्षेत्रभित्र करिब रु १० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको अनुमान गरिएको बताए ।
कृषिलाई पर्यटनसँग जोड्दै यसप्रतिको आकर्षण बढाउनका लागि महोत्सव गरिएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महोत्सवले सुन्तला उत्पादनलाई प्रवद्र्धन गर्नुुका साथै बजारीकरणमा पनि सहयोग पुग्ने वडा नं २१ का अध्यक्ष दीपक सुवेदीले बताए ।
महानगरपालिकाले गत आर्थिक वर्षदेखि किसानलाई अनुदानमा असिना छेक्ने जाली उपलब्ध गराउन थालेको छ । अघिल्लो वर्ष कृषक समूहलाई ७० प्रतिशत अनुदान र व्यक्तिगत कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त सहयोेग उपलब्ध गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण