प्रधानमन्त्रीलाई विप्लवको प्रश्न : चुनाव गर्न चाहेको को कि युद्ध ?
काठमाडाैँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिए । सरकारले चनाव गर्न चाहेको हो कि युद्ध ? प्रधानमन्त्री कार्कीलाई विप्लवको प्रश्न थियो । उनले सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने समेत बताए ।
महासचिव विप्लवले भने, ‘हाम्रो केन्द्रीय कम्युनमा प्रहरीहरुको अपरेशन भयो । हामी सुशीलालाई यहीबाट थ्रेट गर्न चाहन्छौँ, राम्रोसँग सुन तिमीले चुनाव गर्न चाहेको हौकि युद्ध गर्न चाहेका हौ ? यो कुराको फैसला चाहिन्छ । तिमीले सोचेको होला माओवादीलाई यसोउसो दवाव हालेर यहाँ सायद पत्रकार साथीहरु पनि आउनु भएको छ । राम्रोसँग सुन । गृहमन्त्री, सुशीला राम्राेसँग सुन । हामी त शान्तिपूर्ण ढंगले प्रतिष्पर्धामा उत्रिएका छौँ । शान्तिपूर्ण ढंगले यो राज्य हामीलाई दिनुस् भनेर नेपाली जनतालाई अपिल गर्दैछौ । र, चुनावमा जाने तयारी गर्दैछौँ । हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौँ नि ।’
उनले थप भने, ‘यतापटीको हाम्रो इमान्दारिता, स्वाभिमानता, साम्राज्यवादीहरुसँगको हाम्रो लडाईलाई, यहाँको दलालसँगको हाम्रो लडाईलाई घुमाउरो तरिकाले सोचेर हिजोको रोल्पामा रोमियो अपरेशन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीले अर्को परिकल्पना गरेका छौँ । र हाम्रो केन्द्रीय कम्युनबाट तुरन्तै पुलिस फिर्ता गरेनौ र त्यहाँ भएका सबै गल्तीमा माफी मागेनौ भने मूल्य चर्को पर्छ भन्ने हामी भन्न चाहन्छौँ ।’
महासचिव विप्लवले निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने समेत घोषणा गरे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण