चीनको ऊर्जा क्षेत्रमा वृद्धि, सौर्य ऊर्जामा मुख्य योगदान
काठमाडाैँ। चीनको विद्युत् उत्पादन क्षमता नोभेम्बर महिनासम्म तीन अर्ब ७९ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले बढी हो ।
राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार, यस वृद्धिमा सौर्य ऊर्जाले सबैभन्दा ठूलो योगदान पुर्याएको छ । सौर्य ऊर्जाको क्षमता ४१.९ प्रतिशत बढेर एक अर्ब १६ करोड किलोवाट पुगेको छ भने हावाबाट उत्पादन ऊर्जाको क्षमता २२.४ प्रतिशतले वृद्धि भएर ६० करोड किलोवाटमा पुगेको छ ।
चीनले विश्वकै सबैभन्दा ठूलो हरित ऊर्जा प्रणाली र कार्बन कारोबार बजार स्थापना गरेको छ । १४औँ पंचवर्षीय योजना (सन् २०२१–२०२५) अवधिमा, हरित ऊर्जाले चीनको कुल विद्युत् खपतको एक तिहाइ भाग पुर्याएको छ ।
देशले आगामी पाँच वर्षमा हरित रूपान्तरणलाई तीव्र बनाउने र ‘सुन्दर चीन’ निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।नोभेम्बरमा अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण