राजनीति
समानुपातिक सूची तयार गर्न एमालेले बोलायो सचिवालय बैठक
शनिबार, १२ पुस २०८२, १६ : ००
सारांश
- एमालेले ११ औँ महाधिवेशनपछि पहिलो सचिवालय बैठक बोलाएको छ, जुन आइतबार बिहान ११ बजे च्यासलमा बस्नेछ।
- बैठक आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल गर्नका लागि बोलाइएको हो।
- बैठकमा नेताहरूको कार्य विभाजन र अन्य आन्तरिक विषयमा समेत छलफल हुने सम्भावना छ।
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आइतबार बिहान ११ बजे पहिलो सचिवालय बैठक बोलाइएको हो । पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको भए पनि एजेन्डाबारे जानकारी भइनसकेको अधिकारीले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बोलाएको हुनसक्ने एक नेताले जानकारी दिए ।
बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण