'फेरि तिनै दललाई सिंहदरबार सुम्पने मेसो हो ?'
काठमाडौँ। राष्ट्रपति र प्रधानमन्त्रीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई मात्रै छलफलमा बोलाएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असन्तुष्टि व्यक्त गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत यसप्रति आपत्ति जनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीले दिन खोजेको सन्देश प्रस्ट पार्न माग गरेका छन् ।
श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, 'राष्ट्रपतिले र प्रधानमन्त्रीले पनि देउवा, ओली र प्रचण्डलाई मात्रै छलफलमा बोलाएर दिन खोजेको सन्देशको उद्देश्य प्रस्ट पार्नुपर्छ । कांग्रेस, एमाले र तत्कालीन माओवादी पार्टी (हालको नेकपा) मात्रै निर्वाचनमा आए पुग्ने हो कि वा ती दल बिनाको निर्वाचनको वैधता नहुने भएर हो कि वा तिनैलाई फेरि सिंहदरबार सुम्पने मेसो हो ?'
संसद् विघटन भइसकेको अहिलेको अवस्थामा कुनै पनि दल ठुला वा साना नहुने तर्क गर्दै श्रेष्ठले विघटित संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरू पनि रहेको बताएका छन् । उनले निर्वाचनका लागि दर्ता भएका अन्य दलहरू पनि प्रशस्तै रहेको भन्दै तीन दललाई मात्रै प्राथमिकता दिनुको कारणमाथि प्रश्न उठाएका छन् ।
'संसद् विघटन भएको अहिलेको अवस्थामा कुनै दल साना वा ठुला छैनन्, विघटित संसदको कुरा गर्ने हो भने तत्कालीन संसदमा प्रतिनिधित्व गर्ने ति दल बाहेकका अन्य दलहरू पनि छन् । निर्वाचनको लागि हो भने निर्वाचनमा भाग लिन दर्ता भएका दलहरू प्रशस्तै छन् । अनि तीन दललाई मात्रै किन ?' श्रेष्ठले प्रश्न गरेका छन् ।
उनले 'जेनजी सरकार, भेदभाव नगर !' भन्दै सबै राजनीतिक दललाई समान व्यवहार गर्न आग्रह गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूलाई समेत छलफलमा नबोलाएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण